दफा ३३
एक कामको लागि लिएको जग्गा अन्य कामको लागि प्रयोग गर्न सकिनेः
“नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह वा नेपाल सरकार वा प्रदेश सरकारको पूर्ण स्वामित्व भएको संस्थाको” लागि मात्र यस ऐन बमोजिम प्राप्त गरिएको जग्गा जुन कामको लागि प्राप्त गरिएको हो सोही कामका लागि आवश्यक नपरेमा वा त्यस्तो काममा प्रयोग गरेर बढी हुन आएमा त्यसरी आवश्यक नपरेको वा बढी भएको जग्गालाई “नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले” भए अन्य कुनै सार्वजनिक काममा र त्यस्तो संस्थाले भए दफा ४ को उपदफा (१) मा तोकिएको कामहरूमध्ये कुनै काममा प्रयोग गर्न सक्नेछ ।